काडमाडाैं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना एक मात्र सर्त रहेको बताएका छन्। बिहीबार कठमाडौंमा पत्रकारहरूसँगको अन्तरक्रियामा उनले जुनसुकै बाटोबाट भए पनि प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेको बताएका हुन्।

अनधिकृत रूपमा गठन भएको वर्तमान सरकारलाई जननिर्वाचित प्रतिनिधिहरूको संस्था प्रतिनिधिसभा विघटनको कुनै अधिकार नरहेको बताउँदै उनले संविधान र लोकतन्त्र रक्षाका लागि पनि प्रतिनिधिसभा पुनस्थापना अपरिहार्य रहेको बताए।

advertisement

सरकार र जेनजीहरुबीच बुधबार भएको १० बुँदे सहमति मान्य नहुने उनको भनाइ थियो। सुशीला कार्की नेतृत्वको वर्तमान सरकारका कुरा कसैले नसुनेको दाबी गर्दैै अध्यक्ष ओलीले लोकतान्त्रिक व्यवस्था र प्रणालीमाथि कसैसँग सम्झौता नगर्ने उल्लेख गरे ।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com