काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित महादेवस्थापन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बैजुहरि भट्टराई बागमती नदी किनारमा मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार ५२ वर्षीय भट्टराई शंखमुल नजिकको बागमती किनारमा मृत भेटिएका हुन्।
प्रहरीका अनुसार उनले मदिरा सेवन गरेको अवस्थामा सडकबाट नदी किनारतिर लडेपछि मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।
भट्टराई कोटेश्वरस्थित पञ्चशील सहकारीमा ऋण अधिकृतका रूपमा समेत कार्यरत थिए।
प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया