काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा काण्डसम्बन्धी छुट्टै अनुसन्धान गर्ने तयारी गरेको छ।

यस प्रकरणमा घुस, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका आरोपमा तत्कालीन अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराईसहितका विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। तर पूर्वगृहमन्त्री लेखकको विषयमा भने थप अनुसन्धान आवश्यक ठहर गरिएको अख्तियारले अभियोगपत्रमै उल्लेख गरेको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले बताए।

advertisement

अभियोगपत्र अनुसार, तीर्थराज भट्टराईले लेखेको निवेदन तथा नेपाल टेलिकमबाट प्राप्त कल विवरण (सीडीआर) मा तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारी र स्वकीय सचिव जनक भट्टसँग अस्वाभाविक सम्पर्क भएको देखिएको छ। यसले तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन विभागका महानिर्देशक, शान्ति–सुरक्षा महाशाखाका प्रमुखसहितका अधिकारीबीच गैरकानुनी रकम लेनदेन भएको हुनसक्ने शंका पैदा गरेको अख्तियारको दाबी छ।

अख्तियारका अनुसार भिजिट भिसामार्फत व्यक्तिलाई विदेश पठाउने क्रममा ‘सेटिङ’ मिलाइ भ्रष्टाचार गरिएको प्रारम्भिक आधार भेटिएको छ। यस विषयमा गृहमन्त्रीका सचिवालयका कर्मचारीदेखि अन्य राष्ट्रसेवकहरूको समेत संलग्नता रहेको आशंकामा अनुसन्धान जारी राखिएको उल्लेख छ।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com