काठमाडौं । भोलीदेखि सुरु हुने एमाले ११औं महाधिवेशनमा पदीय महत्वकांक्षाका कारण कित्ताकाट हुने सम्भावना रहेको छ।
अध्यक्ष केपी शर्मा ओली पक्षका नेताको महत्वकांक्षाका कारण विधान संशोधनको तयारी भएको छ।
शुक्रबार एमाले सचिवालय बैठकले विधान संशोधनको तयारी गरेको छ। खासगरी ओली पक्षधर निकट रहेका नेताहरु शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ महासचिवका आकांक्षी छन्। पोखरेल अहिले रहेको महासचिव पदमा नै दोहोरिन चहान्छन् भने उपमहासचिव रहेका ज्ञवाली र गुरुङ पनि महासचिव बन्ने दाउमा छन्।
अध्यक्ष ओलीलाई यी तीन नेताको व्यवस्थापन गर्न कठिन हुने भएकाले महासचिव नै दुई वटा बनाउने तयारी गरेका छन्। एक जनालाई भने उपाध्यक्षमा तान्ने तयारी रहेको स्रोतले जनाएको छ।
यता महासचिव पद नपाएको खण्डमा ईश्वर पोखरेलको कित्ताबाट उक्त पदमा पुग्ने तयारीमा गुरुङ रहेका छन्। उनले सोही प्रकारको सांकेतिक जनाउ दिँदै पोखरेलको ब्याख्या गरेका छन्।
प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया