काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्री नियुक्त गरेकी छन्। नयाँ मन्त्रीहरूले आज दिउँसो ३ बजे शीतल निवासमा शपथग्रहण गर्ने तय भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
नियुक्त मन्त्रीहरूमा कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन्।
नवनियुक्त मन्त्री राजेन्द्रसिंह भण्डारी अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक (डिआइजी) हुन् भने श्रद्धा श्रेष्ठ नेपाल पर्यटन बोर्डकी पूर्व कर्मचारी हुन्।
श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।
प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया