काठमाडौं । सामाजिक सञ्जालमा सरकारी पोशाक लगाएर भिडियो बनाएको आरोपमा २१२ जना सशस्त्र प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको छ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता तथा डिआइजी मनिष थापाका अनुसार, वर्ष २०८० देखि हालसम्म टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा पोशाक दुरुपयोग गरी भिडियो वा फोटो प्रकाशन गर्ने कर्मचारीहरूमाथि निगरानी राख्दै कारबाही गर्दै आएको छ।

advertisement

‘सशस्त्रको पोशाकको दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडिओ बनाउने कार्य पूर्ण रूपमा अस्वीकार्य हो। यसरी गल्ती गर्ने कर्मचारीहरूलाई विभागीय कारबाही गरिन्छ,’ उनले जानकारी दिए।

सशस्त्र प्रहरीले भविष्यमा पनि पोशाक र प्रतिष्ठाको गलत प्रयोग गर्ने कर्मचारीविरुद्ध कडा निगरानी र कारबाही जारी राख्ने जनाएको छ।

प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com