काठमाडाैं । जेन-जी आन्दोलनको समयमा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदी ताप्लेजुङमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मिक्वाखोला–१ का ३४ वर्षीय प्रदीप लुङ्वा (शंकर लिम्बू) रहेका छन्, जो काठमाडौंको बुढानिलकण्ठ–८ मा बस्दै आएका थे।
कर्तव्य ज्यान मुद्दामा १० वर्षको सजाय भुक्तान गरिरहेका लिम्बू आन्दोलनको क्रममा भागेका थिए। प्रहरीका अनुसार उनी फुङलिङ नगरपालिका–५ स्थित वीरेन्द्रचोकमा लुकिरहेका अवस्थामा फेला परेका हुन्।
प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया