एजेन्सी ।  दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा शुक्रबार यात्रु बहाक बस सडकबाट चिप्लेर खोलामा खसी दुर्घटान हुँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य २९ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट करिब २६७ किलोमिटर उत्तरपूर्वमा रहेको अल्लुरी सीताराम राजु जिल्लाको तुलसीपाकालु गाउँ नजिकै दुर्घटना भएको जनाएको छ ।

advertisement

प्रहरीका अनुसार बसमा ३५ जना यात्रु, दुई जना चालक र एक जना क्लीनर सवार थिए ।

दुर्घटनाको लगत्तै, मारेदुमिली र चिन्टुर प्रहरी स्टेसनका टोलीहरू घटनास्थलमा पुगेर स्थानीयहरूसँग मिलेर उद्धार कार्य सुरु गरेको जनाइएको छ ।

पीडितहरू अरकु उपत्यकाबाट यात्रा गर्ने स्थानीय पर्यटकका रूपमा पहिचान गरिएको छ भने उनीहरु भद्राचलम मन्दिरमा दर्शन गर्नको लागि हिडिरहेका थिए ।

प्रहरीले दुर्घटनाको अनुसन्धानको आदेश दिएको छ ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानले बस जङ्गलले घेरिएको बाटोको तीव्र मोडमा हिँड्दा सडकबाट पल्टिएर ठाडो ढलानबाट खस्दा दुर्घटना भएको खुलासा गरेको छ ।

बाक्लो कुहिरोका कारण बस चालकले सडकमा नदेखेको र खोलामा झरेको हुन सक्ने एक प्रहरी अधिकारीले बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटना प्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई क्षतिपूर्तिको घोषणा गरेका छन् ।

प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com