एजेन्सी । जापानको ‘स्की’ रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ ।

गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ ।

advertisement

नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई उदृत गर्दै एएफपीले आइतवार दुईवटा स्थानमा भालु देखिएको रिपोर्ट प्राप्त गरे देखि हरेक दिन भालुहरूको खुट्टाको छाप छ कि छैन भनेर जाँच गर्न गस्ती गरिरहेको जनाएको छ ।

भालुहरू सामान्यतया जाडोमा सुरक्षित स्थानमा लुक्ने गरेकोमा यस महिनाको सुरुमा भने यस क्षेत्रमा एक व्यक्तिलाई आफ्नै घर नजिकै हिउँ सफा गर्दा आक्रमण गरेको जनाइएको छ ।

जापान सरकारले आक्रमणमा भएको वृद्धिलाई सामना गर्न थप सतर्कता अपनाइरहेको छ, भने वैज्ञानिकहरूले घट्दो मानव जनसङ्ख्या र द्रुत गतिमा बढिरहेको भालुहरूको सङ्ख्याले आक्रमण बढी रहेको बताएका छन् ।

प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com