काठमाडौ । नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् । देउवाका स्वकीय सचिव भानु देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का एमाले महाधिवेशनको उद्घाटनमा कांग्रेसको तर्फबाट जाने जानकारी दिए ।
‘एमालेका नेताहरूले उद्घाटन कार्यक्रममा सम्बोधन गर्नको लागि घरमै आएर सभापतिलाई निम्ता दिनुभएको थियो । तर, सभापतिजी एमालेको कार्यक्रममा जानुहुन्न,’ भानुले भने, ‘उहाँले कार्यवाहक सभापति पूर्ण खड्कालाई जान भनेका छन ।
एमालेको महाधिवेशनको उद्घाटन आज मध्यान्ह भक्तपुरको सल्लाघारीमा हुँदै छ ।
प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार













प्रतिक्रिया