काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा (एमाले) को ११औँ महाधिवेशनका लागि प्रतिनिधि मनोनीत भएकी छन् ।
शुक्रबार बसेको पार्टी सचिवालय बैठकले महाधिवेशनमा सहभागी हुने १ सय ८ जना मनोनीत प्रतिनिधि तय गर्दा डंगोलको नाम पनि समावेश गरेको हो ।
कुल प्रतिनिधिको ५ प्रतिशत हिस्सा बराबरका १ सय ८ मनोनीत प्रतिनिधिमध्ये डंगोल स्थानीय विकास विभाग क्लस्टरबाट चयन भएकी हुन् । उनी आगामी महाधिवेशनमा एमाले केन्द्रीय सदस्यका लागि पनि आकांक्षी रहेकी छन् ।
प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार













प्रतिक्रिया