काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार बिहान नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रिजको स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा मन्त्री घिसिङले सम्झौतामा तोकिएको कार्यतालिकाअनुसार निर्माण कार्य अघि बढाउँदै निर्धारित माइलस्टोन समयमै पूरा गर्न निर्देशन दिए। उनले परियोजनालाई समयमै सम्पन्न गरी गुणस्तरीय र उदाहरणीय नमुना आयोजनाका रूपमा स्थापित गर्न निर्माण पक्षलाई आग्रह गरे।

४२० मिटर लम्बाइको उक्त सिग्नेचर ब्रिज करिब १ अर्ब ६९ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ। हाल पुलको मुख्य संरचना सुरु हुनु अघि आवश्यक प्रारम्भिक कामहरू भइरहेको जनाइएको छ। मनसुन सुरु हुनुअघि नै पाइल फाउन्डेसन सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

निर्माण कार्य २०८४ साल जेठ महिनाभित्र सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ। पुलको प्रमुख विशेषता दुई ठूला कंक्रिट टावरमा स्टे–केबल प्रणालीमार्फत सडकलाई धान्ने संरचना रहेको छ। निरीक्षणका क्रममा मन्त्री घिसिङले नारायणी नदी तटबन्धको अवस्थाबारे समेत जानकारी लिएका छन्।

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com