काठमाडौं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेकपा एमालेको ११औँ महाधिवेशन प्रतिनिधि मनोनीत भएका छन्।

एमालेले कुल १०८ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेको छ भने तिमिल्सिनाको नाम सूचीमा १०औँ स्थानमा राखिएको छ।

पर्वत जिल्लाको मोदी गाउँपालिकाका तिमिल्सिना २०७४ देखि ६ वर्षसम्म राष्ट्रिय सभाको अध्यक्ष पद सम्हाल्दै आएका थिए। अध्यक्ष पदबाट बिदा भएपश्चात् उनी पार्टी राजनीतिमा सक्रिय रहँदै आएका छन्।

एमालेले यसै सक्रियताका आधारमा तिमिल्सिनालाई आगामी महाधिवेशनमा प्रतिनिधिको रूपमा मनोनीत गरेको हो।

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com