काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरूङले कम्युनिस्ट पार्टीहरूबीच एकताको कुनै विकल्प नरहेको बताएका छन्।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले देशको वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्ट शक्तिहरूको एकता अनिवार्य भएको उल्लेख गरे।
गणतन्त्रवादी शक्तिहरूबीच सहकार्य गर्दै गणतन्त्रको रक्षा र नेतृत्वदायी भूमिका निर्वाह गर्न कम्युनिस्टहरू एकजुट भएर अघि बढ्नु आवश्यक रहेको उनको भनाइ थियो। “कम्युनिस्टहरू नै सही अर्थमा देशभक्त र राष्ट्रवादी हुन्छन्,” गुरूङले भने।
उनले विगतदेखि नै विभिन्न कारणले कम्युनिस्ट एकता बारम्बार विघटन हुँदै आएको पनि स्वीकार गरे।
उनका अनुसार करिब सात वर्षअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण गर्ने प्रक्रिया सुरु भएको भए पनि त्यसलाई निरन्तरता दिन नसकिएको बताए। “अहिले त्यही समयको वैचारिक धारालाई आधार बनाएर फेरि एकताको अभियान सुरु गरेका छौँ,” उनले भने।
प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार













प्रतिक्रिया