काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपसंयोजक माधवकुमार नेपालले देशको रक्षाका लागि नेकपा पार्टीलाई बलियो बनाउनुपर्ने बताएका छन्।

शनिबार वीरेन्द्रनगर सुर्खेतमा पार्टी एकता सन्देश सभालाई सम्बोधन उनले देश र गणतन्त्र/लोकतन्त्र जोगाउन नेकपालाई बलियो बनाउनु पर्ने बताएका हुन्।

advertisement

नेपालले नेकपालाई गरिब, निमुखा जनताको आसा र भरोसाको केन्द्रका रूपमा अगाडि बढाइने दाबी गरे।

उनले नेपालले पछिल्लो समय देशभर पार्टीप्रति जनउत्साह बढ्दै गएको उल्लेख गर्दै देशको हित र संरक्षणका लागि देशभक्त पार्टीका रूपमा नेकपाले नेतृत्व लिनुपर्ने बताए। ‘देशको रक्षा गर्न र गणतन्त्र तथा लोकतन्त्र जोगाउन नेकपालाई अझ बलियो बनाउनु आवश्यक छ,’ उनले भने।

यस्तै, नेपालले विकास निर्माणदेखि समग्र देश निर्माणसम्म कम्युनिष्ट पार्टीको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै जनतालाई देशको वास्तविक मालिक बनाउने नेकपाको लक्ष्य रहेको उल्लेख गरे।

न त डराउनु छ, न त बिराउनु छ, जनताको सेवा गर्दै देश विकास गर्नु हाम्रो दायित्व हो,’ उनले भने।

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com