कालिकोट । नेपाली कांग्रेस कालिकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।
शनिबार सम्पन्न कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा सदस्यतर्फ पाँच जनाको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो। बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ पहिलो नम्बरमा हर्ष बहादुर बम, दोस्रोमा नारायण प्रसाद भट्टराई तेस्रोमा जीवन सुवेदी लगायत दमन राज बम, केशर जंग बमलाई सिफारिस गरिएको नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति कालिकोटका उपसभापति मीन बहादुर बोगटीले जानकारी दिए ।
यसैगरी, समानुपातिकतर्फ कर्णाली प्रदेश उपसभापति कालीबहादुर सहकारी, मुक्ति प्रसाद न्यौपाने,भावना कुमारी शाही, दलित महिलातर्फ छाया सुनार, भरत बि.क सिफारिस भएका छन्। राष्ट्रिय सभाका लागि भने बिष्णु बहादुर शाही र दान बहादुर बमको नाम प्रस्ताव गरिएको बोगटीले बताए ।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार












प्रतिक्रिया