काठमाडौं । नेपाली कांग्रेस कालीकोटमा प्रतिनिधिसभा उम्मेदवार सिफारिसको विषयमा विवाद देखिएको छ। जिल्ला सभापति अम्बबहादुर शाही र उपसभापति मीनबहादुर बोगटी समूहबीच सहमति नजुट्दा छुट्टाछुट्टै नाम सिफारिस भएका हुन्।

सभापति शाहीले यही मंसिर २६ गते प्रतिनिधिसभातर्फ आफ्नो नामसहित युवा नेता भुपेन्द्रजंग शाही र सीता रावललाई उम्मेदवारका रूपमा सिफारिस गरेका थिए। तर त्यसको भोलिपल्ट उपसभापति बोगटीले अलग सूची तयार गर्दै आफ्ना समूहबाट उम्मेदवार सिफारिस गरेका छन्।

उपसभापति बोगटीले प्रतिनिधिसभातर्फ हर्षबहादुर बम, नारायणप्रसाद भट्टराई, दमनराज बम, केशरजंग बम र जीवन सुवेदीको नाम सिफारिस गरेका छन्। यी नाम सभापति शाहीले अघि सारेको सूचीमा समावेश छैनन्।

यसैगरी, समानुपातिकतर्फ कालीबहादुर सहकारी, मुक्तिप्रसाद न्यौपाने, भावनाकुमारी शाही, छाया सुनार र भरत विकको नाम सिफारिस गरिएको छ। राष्ट्रियसभातर्फ भने विष्णुबहादुर शाही र दानबहादुर बमको नाम सिफारिस भएको जनाइएको छ।

कांग्रेस कालीकोटमा देखिएको आन्तरिक असहमतिले उम्मेदवार छनोट प्रक्रियालाई थप जटिल बनाएको छ।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com