काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्रको मतको संख्याभन्दा मन मिलाउने विषयमा बढी ध्यान दिन सुझाव दिएका छन्।
आइतबार भएको केन्द्रीय कमिटी बैठकमा नेता भट्टराईले भने, ‘एउटा प्रक्रिया तय भइसकेको छ, त्यसलाई फेरि उल्टाउनु हुँदैन। म अध्यक्षज्यूलाई अनुरोध गर्न चाहन्छु, संख्या होइन, मन जोड्नुस्। मतभन्दा महत्त्वपूर्ण कुरा भनेको मन हो।’
उनले थपे, ‘हामी गम्भीर मोडमा छौँ। केन्द्रीय कमिटीको अन्तिम बैठकमा उपस्थित छौँ र कमिटीले आफ्नो निर्णय गर्ने क्षमता देखाएको छ। केही कमरेडले देखाएको शंका प्रति म भन्न चाहन्छु, हामी सबै एउटै डुंगामा छौँ। २३ र २४ भदौले हामी सबैलाई कडा सन्देश दिएको छ, यसलाई कम आँक्नु हुँदैन। संख्या हाम्रो क्षमता निर्धारण गर्ने छैन।’
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार













प्रतिक्रिया