विराटनगर । मोरङका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ।

सुन्दरहरैँचा नगरपालिका–६ गैरीगाउँ स्थित भित्री सडक खण्डमा लाइटिङ बोर्डिङ स्कुलबाट गछिया खोलातर्फ जाँदै गरेको को १ त ६४५८ नम्बरको ट्याक्टर आइतबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। दुर्घटना बिहान करिब ५ः४५ बजे भएको थियो। ट्याक्टरका सहचालक, सुन्दरहरैँचा–६ का २६ वर्षीय अतीत राईको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ। ट्याक्टर चालक ४० वर्षीय प्रेमकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

advertisement

त्यस्तै, ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ३१४१ नम्बरको मोटरसाइकलले शनिबार साँझ ७ः३५ बजे ग्रामथान–२ का ५२ वर्षीय सुरेशकुमार सरदारलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका सरदारलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पुर्याइँदा चिकित्सकले मृत घोषित गरेका थिए। मोटरसाइकल चालक १८ वर्षीय इशान पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनपालथान गाउँपालिका–४ मा मोटरसाइकल ठक्करबाट घाइते भएका पैदलयात्रीको उपचारका क्रममा दुई सातापछि मृत्यु भएको छ। सखरदिनाबाट कर्सियातर्फ जाँदै गरेको को २३ प ८४०६ नम्बरको मोटरसाइकलले गत मंसिर १२ गते साँझ ५२ वर्षीय शिवचरण माझीलाई ठक्कर दिएको थियो। नोबेल शिक्षण अस्पतालमा माझी आइतबार बिहान ३ः१५ बजे मृत्यु भएका छन्। मोटरसाइकल चालक ३१ वर्षीय धर्मेन्द्र परियारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ।

यी घटनासँग सम्बन्धित सबै चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ र घटनाको पूर्ण अनुसन्धान जारी छ।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com