काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचन नजिकिदै गर्दा दाँया–बाँया नहुनेगरी सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आज राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन बुझ्दै, राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीलाई चुनावमा केन्द्रित रहन सुझाव दिएका हुन्, प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।
उनीहरूले चुनावलाई प्रभावित नगर्नेगरी काम गर्न पनि सरकारलाई आग्रह गरेका थिए। साथै, राष्ट्रपति पौडेलले सुरक्षा व्यवस्थामा अघिल्लो समयभन्दा अझ तदारुकताका साथ ध्यान दिन नेपाली सेनासहितका सबै सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
अवसरमा, प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीले राष्ट्रपति पौडेल समक्ष परिषद्को वार्षिक प्रतिवेदन पेश गरेकी थिइन्।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार













प्रतिक्रिया