काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (BPL) खेल्न जाने भएका छन
उनलाई सिजनका लागि राजशाही वारियर्सले आफ्नो टोलीमा समावेश गरेको हो। वारियर्सले सन्दीपलाई टोलीमा भित्र्याएको घोषणा गर्दै भनेको छ, ‘नेपालले खेल मात्र हेर्ने छैन, प्रतियोगिताको हिस्सा पनि हुनेछ।’
सिजनको BPL पुस ११ बाट सुरु हुँदैछ। ६ टोलीबीच हुने लिगको उद्घाटन खेलमा सन्दीप आबद्ध राजशाही वारियर्स सिलेट टाइटन्ससँग खेल्नेछन्।
सन्दीपले आइसिसी टी-२० विश्वकपअघि बंगलादेशको फ्रेञ्चाइज लिग खेल्न लागेका हुन्। यो उनी दोस्रो पटक (BPL) खेल्दैछन्। यसअघि सन् २०१९ मा उनले सिलेट सिक्सर्सको लागि खेलिसकेका थिए।
सन्दीपले भारतको (IPL,) अस्ट्रेलियाको (BBL,) पाकिस्तानको (PSL,) वेस्ट इन्डिजको (CPL), अफगानिस्तानको (APL) र क्यानडाको (Global T20) समेत खेलेका छन्।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार












प्रतिक्रिया