काठमाडौं। नेकपा एमालेमा नेतृत्वको रस्साकस्सी चलिरहेका बेला तीन जना शीर्ष नेताले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।
तर उनीहरुले पार्टीको सदस्यता भने कायम राख्ने बताएका छन् । यसरी सक्रिय राजनीति नगर्ने घोषणा गर्नेहरूमा उपाध्यक्षद्धय युवाराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा अनुशासन आयोग अध्यक्ष केशव बडाल छन् ।
उनीहरुले अब कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । नेकपा एमालेको ११औँ महाधिवेशनमा सात दशक पार गरेका नेताहरूबिच नेतृत्वका लागि प्रतिस्पर्धा हुन लागेका बेला तीन नेताले स्वेच्छिक अवकाश रोजेर रस्साकस्सीमा रमाउनेहरूका लागि उदाहरण बनेका छन् ।
एमालेको जारी महाधिवेशनको बन्दसत्रमा ज्ञवाली, शाक्य र बडालले अब सक्रिय राजनीति र नेतृत्वबाट बिदा लिएर पार्टीलाई आफ्नो अनुभवको आधारमा योगदान गर्ने घोषणा गरेका हुन् ।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार












प्रतिक्रिया