काठमाडौँ  । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ। मुखको क्यान्सरबाट पीडित उनको उपचारको क्रममा ह्याम्स अस्पतालमा शनिबार साँझ निधन भएको हो ।मोरङका आमगाछीका बासिन्दा उपाध्याय पछिल्लो समय स्वास्थ्य उपचारका लागि काठमाडौँमा बस्दै आएका थिए।

उपाध्याय तत्कालीन मोरङ क्षेत्र नम्बर १ (हाल २) बाट दुई पटक निर्वाचित भएका थिए। २०५६ सालको उपनिर्वाचनमा चुनाव जितेका उनी शिक्षामन्त्री पनि भएका थिए।

२०५६ सालमा गिरिजाप्रसाद कोइरालाले मोरङ र सुनसरीबाट चुनाव जितेका थिए। मोरङको क्षेत्र नम्बर १ छाडेपछि उपनिर्वाचनमा उपाध्याय विजयी भएका थिए।
उपाध्यायले पहिलो संविधानसभा निर्वाचित पनि जितेका थिए।

भारतबाट राजनीतिशास्त्रका स्नातक गरेका उपाध्याय शालीन बौद्धिक नेताका रूपमा परिचित थिए। उनी कोइरालाका विश्वासपात्र मानिन्थे।

उपाध्याय दुई छोरा र एक छोरी छन्।

 

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com