काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा ईश्वर पोखरेल पक्षले नयाँ नेतृत्वका लागि आफ्नो उम्मेदवार घोषणा गरेको छ।
स्रोतका अनुसार उपाध्यक्षमा गोकर्ण बिष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालको नाम टुङ्गिएको छ भने एक उपाध्यक्षको पद अझै खुला छ। महासचिवमा सुरेन्द्र पाण्डेको नाम निश्चित गरिएको छ।
उपमहासचिवमा योगेश भट्टराईको नाम तय भएको छ भने बाँकी दुई उपमहासचिवको पदका लागि छलफल भइरहेको छ।
सचिव पदका लागि कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैर, इन्द्रलाल सापकोटा र रचना खड्काका नाम फाइनल भएका छन्।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। नयाँ नेतृत्वका लागि आज मनोनयन दर्ता हुने कार्यक्रम छ भने निर्वाचन भोलि हुनेछ।
प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार













प्रतिक्रिया