काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी महाधिवेशनमा प्रतिनिधिहरूसँग भेटघाट गर्दै विगतमा आफूबाट भएका राजनीतिक कमजोरी स्वीकार गरेर समर्थन मागिरहेको बताएकी छन्।

यसअघि एमालेबाट अलग हुँदै तत्कालीन एकीकृत समाजवादीमा गएकी झाँक्री हालै मात्र पुनः एमालेमै फर्किएकी हुन्। महाधिवेशनस्थल भृकुटीमण्डपमा देखिएको माहोल र प्रतिनिधिहरूसँगको घुलमिलबारे पत्रकारहरूले राखेको जिज्ञासामा उनले हाँस्दै आफ्नो धारणा व्यक्त गरिन्।

advertisement

सोमबार पत्रकारले सोधे, ‘नेता–कार्यकर्तासँग कसरी नजिकिँदै हुनुहुन्छ ? विगतमा गरेको गल्ती स्वीकार गर्दै अब फेरि पार्टीमा फर्किएको भन्दै प्रतिनिधिहरूलाई कसरी रिझाउँदै हुनुहुन्छ ?’

प्रश्न पूरा हुन नपाउँदै झाँक्रीले मुस्कानसहित जवाफ दिइन्, ‘तपाईंहरूले भनेजस्तै कुरा नै मैले भनिरहेकी छु, अस्तिदेखि त्यही भनिरहेकी छु।’

हाल उनी महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँग निरन्तर भेटघाट र छलफलमा सक्रिय रूपमा जुटिरहेकी छन्।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com