काठमाडौं । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संरक्षण गर्नु सम्पूर्ण पार्टी पंक्तिको साझा दायित्व भएको बताएकी छन्।

सोमबार पार्टी महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै झाँक्रीले ओलीमाथि देशी तथा विदेशी अदृश्य शक्तिहरूबाट निरन्तर आक्रमण भइरहेको दाबी गर्दै यस्तो अवस्थामा नेतृत्वको रक्षा गर्नु एमालेका नेता–कार्यकर्ताको प्रमुख जिम्मेवारी हुने स्पष्ट पारिन्।

advertisement

‘जस नेतृत्वमाथि यति ठूलो घेराबन्दी भइरहेको छ, जसविरुद्ध दृश्य र अदृश्य शक्तिहरू सक्रिय छन्, त्यस्तो अवस्थामा नेतृत्वको संरक्षण र रक्षा गर्नु नै सबैभन्दा ठूलो दायित्व बन्छ,’ उनले भनिन्, ‘अहिले हामीले त्यही दायित्व निर्वाह गरिरहेका छौँ।’

त्यस्तै, झाँक्रीले जेन–जी आन्दोलनको नाममा आगजनी र हिंसात्मक गतिविधिमा संलग्न हुनेहरूको समर्थन गर्न नसकिने स्पष्ट गर्दै शान्तिपूर्ण र जिम्मेवार राजनीतिक अभ्यासमै पार्टी दृढ रहनुपर्ने धारणा व्यक्त गरिन्।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com