काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आफूलाई उपाध्यक्षको उमेदवार बनाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन् । ११औँ महाधिवेशनमा आफू उपाध्यक्षको उमेदवार नबन्ने उनले बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट उनलाई उपाध्यक्षमा अघि सारिएको छ । सोमबार (मंसिर २९) अपराह्न करिब सवा ४ बजेसम्म उनले उमेदवारी मनोनयनपत्र दर्ता गराएका छैनन् ।

advertisement

उमेदवारी नदिने भन्दै रुष्ट उनी काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशनस्थलबाट बाहिरिएका छन् । यसपालि उनी महासचिव पदको दाबेदार हुन् । १०औँ महाधिवेशनबाट उनी उपमहासचिव बनेका थिए ।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com