एजेन्सी । थाई सेनाले कम्बोडियामा आक्रमण विस्तार गर्दा कम्बोडियाको सार्वभौम क्षेत्रमा प्रभाव पर्नुका साथै १२ जा नागरिकको मृत्यु भएको कम्बोडियाको रक्षा मन्त्रालयले सोमबार जनाएको छ ।

थाई सैन्य बलले उत्तरपश्चिम कम्बोडियाको सिम रिप प्रान्तको विभिन्न स्थानमा आफ्नो हवाई आक्रमण विस्तार गरेको मन्त्रालयले एक प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

advertisement

थाइल्यान्डसँगको सीमा द्वन्द्व चर्किदै जाँदा मृत्यु हुने कम्बोडियन नागरिकहरूको सङ्ख्या बढेको र ७४ जना घाइते भएको कम्बोडियाको आन्तरिक मन्त्रालयका प्रवक्ता टच सोखाकले सोमबार पत्रकार सँगको साक्षातकारमा बताएका छन् ।

यसैबीच, कम्बोडियामा विस्थापित व्यक्तिहरूको सङ्ख्या चार लाख तीन हजार नाघेको जनाइएको छ ।

कम्बोडियाको रक्षा मन्त्रालयको राज्य उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले आइतबार देखि सोमबार सम्म थाई सैन्य बलले कम्बोडियाको क्षेत्रमा धेरै स्थानहरूमा तोपको गोलाबारी जारी राखेको बताएका छन् ।

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व डिसेम्बर– ७ देखि पुनः सुरु भएको छ, भने दुवै पक्षले एक अर्कालाई आक्रमण सुरु गरेको आरोप लगाएका छन् ।

 

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com