काठमाडौं । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष, तथा आधिकारिक ट्रेड युनियनका पूर्वकार्यबाहक अध्यक्ष भोलानाथ पोखरेलले निजामती सेवाबाट राजीनामा गरी एमालेको ११औ महाविधेशनको केन्द्रीय सदस्य पदमा उम्मेदावरी दिने घोषणा गरेका छन ।

उनले दुई दिनअघि सरकारी सेवाबाट राजीनामा दिएका थिए । राजीनामा गर्नुअघि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत थिए ।

advertisement

सरकारी सेवाबाट अवकाश पाउन चार वर्ष र उपसचिवमा बढुवा हुन एक वर्ष अवधि बाँकी रहेका बेला उनले सरकारी सेवाबाट राजीनामा दिएका थिए । श्रमिक खुला समूहबाट उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

अब पूरै समय पार्टी राजनीतिमा लाग्ने उनले घोषणा गरेका छन् ।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com