काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज (मंगलबार) मतदान हुँदैछ। पार्टी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार तोकिएको समयअनुसार मतदान प्रक्रिया अघि बढाइनेछ।

नयाँ नेतृत्वका लागि सोमबार राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भइसकेको छ। आयोगले उम्मेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ। यससँगै महाधिवेशन प्रतिनिधिहरू मतदानमार्फत नेतृत्व चयनमा सहभागी हुँदैछन्।

advertisement

केन्द्रीय सदस्यको खुला क्लस्टरतर्फ १६७ भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। सोही क्लस्टरबाट सूर्य थापा केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन्। उनले पार्टी नेतृत्व तहमा रहेर जिम्मेवारी बहन गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।

थापाका अनुसार आफूले यसअघि विभिन्न जिम्मेवारीमा रहँदै पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्न भूमिका निर्वाह गर्दै आएका छन्। नीति निर्माण र कार्यान्वयनका प्रक्रियामा सक्रिय रहँदै आएको उल्लेख गर्दै उनले यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

‘एमाले पार्टीलाई एकताबद्ध बनाउने हाम्रो साझा संकल्प हो,’ थापाले बताएका छन्। उनका अनुसार यो अभियान व्यक्तिगत महत्वाकांक्षा होइन, पार्टीलाई थप मजबुत र एकढिक्का बनाउने प्रयास हो।

उनले संविधान कार्यान्वयनमा देखिएका चुनौतीका सन्दर्भमा यो महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com