मतदान ढिलाइप्रति ईश्वर पोखरेल पक्ष आक्रोशित, तत्काल प्रक्रिया सुरु गर्न दबाब

मतदान ढिलाइको बहानामा ओली पक्षबाट चलखेल भइरहेको आरोप ईश्वर पोखरेल पक्षको रहेको छ।



काठमाडौं । नेकपा एमालेभित्र ईश्वर पोखरेल पक्षले मतदान प्रक्रियामा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै तत्काल मतदान सुरु गर्न माग गरेको छ। निर्धारित समयमै मतदान प्रारम्भ नहुँदा शंकास्पद गतिविधि भइरहेको भन्दै उक्त पक्षले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर औपचारिक रूपमा ध्यानाकर्षण गराएको छ।

नेत्री अष्टलक्ष्मी शाक्यका अनुसार मतदान ढिलाइको बहानामा ओली पक्षबाट चलखेल भइरहेको आरोप ईश्वर पोखरेल पक्षको रहेको छ। दिउँसो १ बजेदेखि नै मतदान सुरु गर्ने भनिए पनि लामो समयसम्म प्रक्रिया अघि नबढेपछि तत्काल मतदान सुरु गर्न दबाब बढाइएको उनले जानकारी दिइन्।

advertisement

ईश्वर पोखरेल पक्षले निष्पक्ष र पारदर्शी निर्वाचन सुनिश्चित गर्न अब ढिलाइ नगरी मतदान प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com