काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनको प्रतिस्पर्धा चर्किरहेका बेला गायिका ज्योती मगर महाधिवेशनस्थल भृकुटीमण्डपमा उपस्थित भएर केही उम्मेदवारको समर्थनमा सक्रिय देखिएकी छन्।

महाधिवेशनस्थलमा पुगेर मगरले एमालेका उम्मेदवार पूर्ण गुरुङसहित केही नेताहरूको पक्षमा प्रतिनिधिहरूसँग भेटघाट गर्दै मत मागेकी हुन्। उनले ‘रोड शो’ शैलीमा प्रतिनिधिहरूमाझ पुगेर समर्थन जुटाउने प्रयास गरेकी थिइन्। यस क्रममा उनी उम्मेदवारहरूको पक्षमा नाराबाजी गर्दै उत्साहपूर्ण रूपमा सहभागी भएकी देखिन्छन्।

advertisement

हालै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) तथा जेन–जी आन्दोलनप्रति आलोचनात्मक धारणा सार्वजनिक गर्दै आएकी मगर एमालेसँग नजिकिएको संकेतका रूपमा लिइएको छ। महाधिवेशनस्थलमै पुगेर उम्मेदवारका पक्षमा खुलेर मत मागेपछि उनको राजनीतिक सक्रियतालाई लिएर थप चर्चा सुरु भएको छ।

एमाले महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ। मतदान परिणामले पार्टीको भावी नेतृत्व र राजनीतिक दिशाबारे महत्वपूर्ण संकेत दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com