बस्नेतलाई बाँस्कोटाले शुभकामना दिँदै भने- उता मुन्टो बटारेर हि ही गर्ने होइन

भेटमा बाँस्कोटाले बस्नेतलाई शुभकामना दिँदै भने, 'ल ल शुभकामना छ, उता मुन्टो बटारेर हि ही गर्ने होइन।'



काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा जारी छ। आज पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ।

मतदानअघि नेताहरू प्रतिनिधिहरूलाई मत माग्न व्यस्त देखिएका छन्। यद्यपि, मतदानकैबीचमा नेताहरूबीच घोचपेस र रमाइलो गफ पनि चलिरहेको छ।

advertisement

केहीबेरअघि सचिव पदका उम्मेदवार गोकुल बाँस्कोटा र महेश बस्नेत प्रतिनिधिहरूसँग मत माग्ने क्रममा नजिकै भेट भए। भेटमा बाँस्कोटाले बस्नेतलाई शुभकामना दिँदै भने, ‘ल ल शुभकामना छ, उता मुन्टो बटारेर हि ही गर्ने होइन।’

एमालेको महाधिवेशनमा दुई प्यानलबीच प्रतिस्पर्धा छ। एक प्यानलको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् भने अर्को वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्व गर्दै आएका छन्।

ओली लगातार तेस्रो कार्यकालका लागि एमाले अध्यक्ष बन्ने लक्ष्यमा छन् भने पोखरेल ओलीलाई हराएर अध्यक्ष बन्ने ध्याउन्नमा छन्।

मतदान स्थल नजिकै भेट भएका बाँस्कोटा र बस्नेत पनि फरक-फरक प्यानलका एउटै पदका उम्मेदवार हुन्। बाँस्कोटा पोखरेल प्यानलबाट र बस्नेत ओली प्यानलबाट सचिव पदमा उम्मेदवार बनेका छन्।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com