काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भएको छ । मंगलबार नै मतदान गर्ने कार्यतालिका भए पनि प्राविधिक कारणले प्रक्रिया आजका लागि सारिएको हो ।
मंगलबार साँझ मतदाता मतदान हुने अपेक्षामा लाइनमा बसेका थिए । तर राति करिब ८ बजे बुधबार मतदान हुने जानकारी दिँदै उनीहरूलाई फर्काइएको थियो ।
एमाले महासचिव शंकर पोखरेलका अनुसार निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रीति फन्ट मिसिएर प्रयोग हुँदा समस्या देखिएको थियो । नामावलीलाई पूर्ण रूपमा युनिकोडमा रूपान्तरण गरी पुनः रुजु गर्न समय लाग्ने भएकाले आयोगको निर्देशनअनुसार मतदान एक दिनका लागि स्थगित गरिएको उनले स्पष्ट पारे ।
नेकपा एमालेको ११औँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुन लागेको हो । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।
प्रकाशित मिति: २ पुस २०८२, बुधबार













प्रतिक्रिया