काठमाडौं  ::एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत आज नेपालले अफगानिस्तानसँग खेल्दैछ।

दुबईस्थित आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार बिहान पौन ११ बजेदेखि शुरु हुने छ।

advertisement

जारी यू–१९ एशिया कपमा नेपाल र अफगानिस्तान दुवैले लगातार दोस्रो खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएका छन्।

त्यसैले यस खेलको नतिजाले कुनै फरक भने पार्ने छैन। नेपाल र अफगानिस्तान दुवै श्रीलंका र बंगलादेशसँग पराजित भएका थिए।

एकदिवसीय फर्म्याटमा हुने एसीसी यू-१९ एशिया कपमा आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, नेपाल र युएई खेलिरहेका छन्।

समुह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगिसकेका छन् भने समूह बी बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन्।

 

प्रकाशित मिति: २ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com