काठमाडौं ।  साफ महिला क्लब च्याम्पियनसिपमा  नेपाल एपिएफ क्लब र इस्ट बङ्गाल फुटबल क्लबले आज लिगको अन्तिम खेल खेल्दैछन्।

यी दिईबीच नै शनिबार फाइनल खेल्ने पक्का भइसकेको छ। राउन्ड रोविन लिगको एक खेलअगावै यी दुई टोलीले फाइनल समीकरणमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।

advertisement

लिगको अन्तिम खेलमा दुबैले एकअर्कासँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ६ बजे खेल्नेछन।

दुबै टोली प्रतियोगितामा अपराजित छन्। पछिल्ला तीन खेलमा एपिएफले सात अंक जोड्दा इस्ट बङ्गालले शतप्रतिशत जित हासिल गरेको छ।

बङ्गालले प्रतियोगितामा सर्वाधिक १३ गोल गरेको छ। एपिएफले पछिल्ला दुई खेलमा गोलका लागि निकै संघर्ष गर्नुपरेको छ। पहिलो खेलमा नासरिनको चुनौती ४–० ले पन्छाएको एपिएफले त्यसपछि एक गोल गर्न सक्यो।

नासरिनको पोस्टमा पाँच गोल गरेकी स्ट्राइकर अजिला इक्वापुट बङ्गालकी हतियार हुन्। एपिएफको रक्षापङ्क्ति उनको विशेषताप्रति सजग रहन आवश्यक छ।

एपिएफकी स्ट्राइकर रश्मिकुमारी घिसिङलाई फाइनलअघि गोल स्कोरिङ लयलाई कायम राख्ने चुनौती हुनेछ।

 

प्रकाशित मिति: २ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com