काठमाडौ । अध्यक्षसहित १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य (केही पद निर्विरोध भइसकेका) तथा तीनवटा आयोगका पदाधिकारी चयनका लागि मतदान भइरहेको हो।
मतदान भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ। पहिलो दुई घण्टामा ३५० जनाले मतदान गरिसकेका छन्। एमालेमा कुल २ हजार २६२ जना महाधिवेशन प्रतिनिधि छन्।
एक प्रतिनिधिलाई मतदान गर्न करिब २५ देखि ४० मिनेट समय लागिरहेको छ। एमालेले आज राति १० बजेसम्म मतदान सम्पन्न गर्ने लक्ष्य लिएको छ। त्यसपछि मतपरिणाम सार्वजनिक गरिनेछ। मतदान प्रक्रिया विद्युतीय प्रणालीमार्फत भइरहेको छ।
प्रकाशित मिति: २ पुस २०८२, बुधबार













प्रतिक्रिया