काठमाडाैं । दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिक र विद्यार्थीहरूलाई एकतामा बाँध्ने उद्देश्यका साथ ‘नेपाली श्रमिक तथा विद्यार्थी युनियन’आज आधिकारिक रूपमा गठन गरिएको छ।

युनियनले श्रमिक र विद्यार्थीबीच आपसी एकता, सहकार्य र सहअस्तित्व मजबुत बनाउँदै हक–अधिकार, समस्या र आवश्यकतामा साझा आवाज उठाउने लक्ष्य लिएको छ। साथै, नयाँ आउने नेपालीहरूलाई आवश्यक जानकारी, सहयोग र मार्गदर्शन प्रदान गर्दै जिम्मेवार र सकारात्मक सामाजिक भूमिका निर्वाह गर्ने उद्देश्य राखिएको छ।

advertisement

नवगठित कार्यसमितिको अध्यक्षमा डा. केशवराज भट्टराई चयन भएका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्ष: प्रदिप भट्टराई उपाध्यक्ष: सुर्य भट्टराई महिला उपाध्यक्ष: राधा थापा महासचिव: आयुषा पाण्डे सचिव: प्रकाश कार्की,कोषाध्यक्ष: टेक बहादुर बटला चयन भएका हुन ।

यस सस्थाको संरक्षक ओत्से लिम्बूले नब गठित सस्थाले विद्यार्थी र कामदारको समस्यालाई वैज्ञानिक तरिकाले समाधान गर्ने र कोरियामा स्थापना भएका अरु सस्था भन्दा उदाहरणीय काम गर्ने बताएका छ्न । त्यस्तै सस्थाको अध्यक्ष डा. केशवराज भ्ट्टराईले यो सस्था विद्यार्थी र श्रमबीच पुल बन्ने बताएका छन । यसैगरी यस संस्थाकी महासचिव आयुषा पाण्डेले सिकाईको लागि घर भन्दा टाढा भएपनि यो सस्थालाई सिकाईको माध्यम बनाउने बताएकी छिन् ।

युनियनले आगामी दिनमा कोरियामा रहेका सम्पूर्ण नेपाली श्रमिक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गर्दै आफूलाई प्रभावकारी र उदाहरणीय संस्थाका रूपमा स्थापित गर्ने सस्थाका उपाध्यक्ष प्रदीप भट्टराईले जानकारी दिएका छन्।

प्रकाशित मिति: २ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com