काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति तथा मृतकका परिवारलाई नि:शुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था गर्ने भएको गरेको छ। भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका घटनाबाट प्रभावित परिवारको जीविकोपार्जन सहज बनाउने उद्देश्यसहित सरकारले उक्त सहजीकरण अघि बढाएको हो।
वैदेशिक रोजगारीमा जान इच्छुक घाइते तथा मृतकका परिवारका सदस्यलाई म्यानपावर व्यवसायीसँगको समन्वयमा कुनै शुल्क नलिई रोजगारीमा पठाइने व्यवस्था मिलाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। यसका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक सहजीकरण राज्यले गर्नेछ।
त्यसैगरी स्वदेशमै रोजगारी गर्न चाहने प्रभावित परिवारका सदस्यका लागि सिपमूलक तालिमको व्यवस्था पनि गरिएको छ। मन्त्रालयअन्तर्गतको व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठानमार्फत उनीहरूलाई आवश्यक सिप विकास तालिम प्रदान गरी आन्तरिक रोजगारीमा जोड्ने तयारी गरिएको छ।
मन्त्रालयले व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान मार्फत उनीहरूलाई सिपमूलक तालिम प्रदान गर्न लागेको हो । कोही वैदेशिक रोजगारीमा जान चाहनेको हकमा म्यानपावर व्यवसायीसँगको समन्वयमा नि:शुल्क पठाउने व्यवस्था मिलाउन लागिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: २ पुस २०८२, बुधबार













प्रतिक्रिया