काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषणको मात्रा बढ्दै गएपछि नियन्त्रण गर्न नयाँ मापदण्ड लागू गरिएको छ । प्रदूषण उत्सर्जन मापदण्ड पूरा नगर्ने सवारीसाधन सञ्चालनमा रोक लगाउने तथा कार्यालयमा थोरै जनशक्ति परिचालन गर्ने जस्ता नीति अघि सारिएको हो । करिब ३ करोड जनसंख्या रहेको दिल्लीमा केहिदिनयता वायु गुणस्तर सूचकाङ्क –ए–क्यूआई० गम्भिर अवस्थामा पुगेपछि नयाँ नियम लागू गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

दिल्लीमाा वायु प्रदूषणको दर ४ सय ५० ए–क्यूआई भन्दा बढी पुगेकाले मानव स्वास्थ्यका लागि खराब मानिएको अन्र्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । प्रदूषणका कारण दिल्लीका केही भागमा भिजिबिलिटी कम हुँदा हवाई उडान र रेल सेवा समेत प्रभावित भएको समाचारमा जनाइएको छ ।

advertisement

प्रदूषण नियन्त्रणका लागि भन्दै लागू गरिएका प्रतिबन्ध अनुसार डिजेलबाट चल्ने पुराना ट्रकहरुलाई शहर प्रवेशमा रोक लगाइने छ । यस्तै, निर्माणजन्य काम समेत तत्कालका लागि रोकिएको तथा विद्यालयहरु पनि सञ्चालनको ढाँचामा परिवर्तन गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

स्थानीय सरकारका मन्त्री कपिल मिश्रका अनुसार निजी तथा सरकारी कार्यालयहरुमा ५० प्रतिशत कर्मचारी घटाउने र बाँकी कर्मचारीले घरबाटै काम गर्ने व्यवस्था गरिएको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com