एमाले महाधिवेशन: मतगणना सुरु, तीन घण्टाभित्र परिणाम आउने

निर्वाचनमा कुल २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ जनाले मतदान गरेका छन् ।



काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । तीन घण्टाभित्र सम्पूर्ण मतपरिणाम सार्वजनिक गर्ने लक्ष्यका साथ मतगणना अघि बढाइएको हो ।

निर्वाचनमा कुल २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ जनाले मतदान गरेका छन् । बाँकी ३६ मतदाता भने मतदान प्रक्रियामा सहभागी भएनन् ।

advertisement

बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सम्पन्न भएको थियो ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा देखिएको छ । यस्तै, पार्टीको शक्तिशाली पद मानिने महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे आमनेसामने छन् ।

निर्वाचन आयोगले सबै पदको नतिजा एकैपटक सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com