काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मुल्य ७ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएकाे छ । अघिल्लो दिन सुनको मुल्य २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीकाे मुल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज ४ हजार ८० रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार












प्रतिक्रिया