काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता विष्णु रिजाल एघारौँ महाधिवेशनको निर्वाचनमा केन्द्रीय सदस्य पदमा पराजित भएका छन्।
उनी यस निर्वाचनमा उपमहासचिव र केन्द्रीय सदस्य दुबै पदका उम्मेदवार थिए। उपमहासचिवमा पराजित भएपछि रिजाल केन्द्रीय सदस्यमा पनि हार व्यहोर्न पुगेका हुन्।
रिजाल अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् र लामो समयसम्म ओलीको टिममा रहेर पार्टीका कार्यहरूमा सक्रिय भूमिका निभाउँदै आएका थिए।
यस निर्वाचनको नतिजापछि ओली टिमका केही पुराना नेता समेत मत परिणामले प्रभावित भएका देखिन्छन्।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार













प्रतिक्रिया