काठमाडाैं । नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले १७०१ मत प्राप्त गरेका छ्न ।

जारी महाधिवेशनमा सर्वाधिक रुचाइएका सुहाङले लोकप्रिय मतसहित पहिलो पटक पार्टीको केन्द्रीय कमिटीमा प्रवेश गरेका छन् ।

advertisement

एमालेका शालीन तथा प्रभावशाली नेता सुवास नेम्वाङका छोरा सुहाङले पनि छोटो समयमै आफूलाई सालिन र प्रभावशाली नेताको छवि बनाएका छन् ।

बुबाको निधनपछि राजनीतिमा जोडिएका सुहाङले छोटो समयमै आफूलाई स्थापित गराएका छन् । उनी इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएसँगै राजनीतिकमा सक्रिय छन् ।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com