काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। आज सम्पन्न मतगणनापछि ओली मतगणनास्थल भृकुटीमण्डप पुगेका थिए।
यस निर्वाचनमा ओलीले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई स्पष्ट मतान्तरसहित पराजित गरेका छन्। यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्ष निर्वाचित भएका थिए।
निर्वाचन आयोगका अनुसार अध्यक्ष पदका लागि ओलीले १६६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी पोखरेलले ५६४ मत मात्रै पाएका छन्।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार













प्रतिक्रिया