काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा सुनिता डंगोल निर्वाचित भएकी छन्। काठमाडौं महानगरपालिकाकी उपप्रमुखसमेत रहेकी डंगोलले १६६८ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजय हासिल गरेकी हुन्।
डंगोल अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवार बनेकी थिइन्। उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेकै तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन्।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार













प्रतिक्रिया