काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा कोमल वली केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
बिहीबार भएको निर्वाचनमा वली महिला खुला क्लस्टरबाट केन्द्रीय सदस्य पदमा विजयी भएकी हुन्। उनले कुल १७७८ मत प्राप्त गरेकी छन्।
यसअघि नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्यसमेत रहिसकेकी वली पार्टीको १०औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेकी थिइन्।
गायिकाका रूपमा समेत परिचित वली राप्रपाबाट राजनीति सुरु गरी पछि एमालेमा प्रवेश गरेकी हुन्।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार













प्रतिक्रिया