काठमाडौं । तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश जारी गरेको छ।
अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको संयुक्त इजलासले सुनाएको आदेशअनुसार, लामिछानेलाई निश्चित बिगो बराबरको रकम बुझाएर थुनाबाट मुक्त हुने अनुमति दिइएको छ।
उच्च अदालतले पूर्व आदेशमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णयलाई बदर गर्दै धरौटीमा रिहा गर्ने निर्णय गरेको हो। अदालतको आदेशपछि हाल नख्खु कारागारमा रहेकाले लामिछाने धरौटी बुझाएर रिहा हुनेछन्।
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले राखेका सर्तहरु के-के छन् ?
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार












प्रतिक्रिया