काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलिमात्र रिहा हुने भएका छन्।

नख्खु कारागार पुगेका रास्वपाका केन्द्रीय सदस्य हरि ढकालले छुट पुर्जी नआएकाले रवि लामिछाने आज छुट्न नसक्ने जानकारी दिएका हुन्।

advertisement

उनका अनुसार जिल्ला अदालतबाट छुट पुर्जी भोलिमात्र आउने भएकाले रवि लामिछाने भोलि भैरहवामा पुर्जी लिन जानेछन्।

रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले राखेका सर्तहरु के-के छन् ?

‘छुट पुर्जी अनिवार्य हुन्छ। जिल्ला अदालतबाट भोलिमात्र पुर्जी आउने भएकाले दाइ भोलि यहाँबाट भैरहवामा छुट पुर्जी लिन जानुहुन्छ। त्यसैले भोलिमात्र रिहा हुनुहुन्छ,’ ढकालले भने।

यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटी रकम बुझाएर रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको थियो। बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेको निवेदनअनुसार बिगो बराबरको धरौटी रकम बुझाएपछि रिहा गर्न आदेश दिएको हो।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा गर्दा अदालतले रवि लामिछानेका लागि विभिन्न सर्तहरू पनि तोकेको छ।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com