काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएपछि पूर्वमाओवादी नेता ठम्मर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन्।

बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत विस्तृत वक्तव्य सार्वजनिक गर्दै विष्टले आफू अब एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका हुन्।

advertisement

कर्णाली प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार विष्टले ८७५ मत मात्र प्राप्त गरेपछि पराजय बेहोरेका थिए। अध्यक्ष केपी शर्मा ओली समूहबाट टिकट पाउनेमा ढुक्क रहेका विष्ट अन्तिम समयमा आधिकारिक सूचीमा नपरेपछि ईश्वर पोखरेल समूहबाट उम्मेदवार बनेका थिए।

एमाले महाधिवेशनको अनौठो नतिजा : अध्यक्षमा भारी मतसहित विजयी भएका ओली केन्द्रीय सदस्यमा पराजित

सुर्खेतका स्थायी बासिन्दा विष्ट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चरमोत्कर्षमा पुग्दा कर्णाली प्रदेशसभा सदस्य पद त्याग्दै एमाले प्रवेश गरेका थिए। २०७४ सालको निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर १ (१) बाट माओवादी केन्द्रका तर्फबाट प्रत्यक्ष निर्वाचित भएका उनले सांसद पदसमेत छाडेर एमाले रोजेको निर्णयलाई पार्टी नेतृत्वले उचित कदर नगरेको गुनासो पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com